नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन चन्द्रागिरि नगर अध्यक्षमा केदार बहादुर थापा

Thankot Times

थानकोट ।

नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) चन्द्रागिरि नगर कमिटीको अध्यक्षमा केदार बहादुर थापा चयन भएका छन् ।

सो संगठनको शनिबार सम्पन्न दोस्रो अधिवेशनले थापाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति पनि चयन गरेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिए ।

संगठनको नवगठित कार्यसमितिको उपाध्यक्षमा कमल खड्का चयन हुँदा रामहरि सापकोटाले सचिवको जिम्मेवारी पाएका छन् ।

कोषाध्यक्षमा रमेश कार्की निर्वाचित हुँदा सुमी बस्नेतले उपसचिवको जिम्मेवारी पाएकी छन् ।

संगठनको सदस्यहरूमा क्रमश निरन्जन कार्की, हिरालाल स्याङताङ, देवी खड्का, रमेश गिरी, लक्ष्मण थापा, राजकुमार केसी, राम बहादुर तामाङ, तुक बहादुर श्रेष्ठ, हरी रानाभाट, रामप्रसाद ज्ञवाली, राजेन्द्र ठकुरी, सन्जय थापा, केशव बहादुर ज्ञवाली, ओमप्रसाद धमला, हरिबहादुर थापा र पर्वतसिंह तामाङ चयन भएको बताइएको छ ।

तस्बिरः उत्तम बहादुर राउत


Leave a Reply

Your email address will not be published. Required fields are marked *