चन्द्रागिरि वडा नंं ११ कार्यालयले १८३ जना विद्यार्थीलाई सम्मान गर्यो

Thankot Times

थानकोट ।

गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा र यस वर्ष सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा उत्तीर्ण भएका करिब २ सय जना विद्यार्थीहरूलाई चन्द्रागिरि नगरपालिका वडा नं. ११ कार्यालयले सम्मान गरेको छ ।

शनिबार सतुङ्गलस्थित वडा कार्यालय हातामा एक कार्यक्रम आयोजना गरि वडा कार्यालयले वडा क्षेत्रका विष्णुदेवी शिक्षा सदन मावि, जेसिस इन्टरनेशनल स्कुल र एआई स्कुलका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

विद्यार्थी सम्मान कार्यक्रममा वडाका जनप्रतिनिधिहरू वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ, वडा सदस्य एवं चन्द्रागिरि नगर कार्यपालिका सदस्य अनिता अमात्य, वडा सदस्यहरू सिंहबहादुर महर्जन, डिल्लीराज रेग्मी, पार्वती विश्वकर्मा, स्थानीय विद्यालयका शिक्षक प्रतिनिधि एवं विद्यार्थीका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।

शनिबार सम्मानित हुनेहरूमा विष्णुदेवी शिक्षा सदनका ६५ जना, जेसिस इन्टरनेशनल स्कुलका ६९ जना र एआई स्कुलका ४९ जना विद्यार्थी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *