भारतीय विदेश सचिव बिक्रम मिश्री आज काठमाडौं आउँदै
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आज काठमााडौं आउँदैछन् । उनी आज दिउँसो भारतीय सेनाको विमानमार्फत काठमाडौँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ ।
विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् ।
विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनी सोमबार स्वदेश फर्किनेछन् ।













