कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन, परीक्षाको मिति तोक्न बाँकी
थानकोट ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया खुलाइएको भाषा परीक्षाका लागी १ लाख २ हजार भन्दा बढीले आवेदन दिएका छन् ।
कोरिया जान कोरिया खुलाइएको उत्पादनमूलक र कृषि क्षेत्रमा क्षेत्रमा एक लाख दुई हजार पाँच सय ८७ जनाले आवेदन दिएका हुन् ।
ईपीएस कोरिया शाखाका प्रवक्ता राजकुमार राईका अनुसार उत्पादनमूलक क्षेत्रमा तीन हजार पाँच सय र कृषि क्षेत्रमा एक हजार आठ सय जना गरी पाँच हजार तीन ३ सयको लागी आवेदन खोलिएको थियो ।
दुवै क्षेत्रमा क्रमशः ६७ हजार तीन सय एक्काइस र ३५ हजार दुई सय सतसट्ठी जनाको आवेदन परेको प्रवक्ता राईले बताए ।
शनिबार राति १२ बजेसम्म आवेदन दिन पाउने समय सकिएको छ ।
परीक्षाको मिति भने तत्काल तोकिएको छैन् ।


















