नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव मिस्री आज स्वदेश फर्किंदै

Thankot Times

थानकोट ।

दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिस्री सोमबार दिल्ली फर्किंदैछन्।

आइतबार बिहान काठमाडौं आइपुगेका मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दै उनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्।

ओली प्रधानमन्त्री बनेको १४ महिनापछि भारतले भ्रमणको औपचारिक निम्तो पठाएको हो।

आइतबार बिहान काठमाडौं ओर्लिएका मिस्रीले दिनभर उच्चस्तरीय भेटवार्ता गरे।

राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहुँदै उच्चस्तरीय भेटवार्ता गरेका मिस्रीले सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ।

तस्बिरः भारतीय दुतावास ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *