मध्यरातमा बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
थानकोट ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।
सोमबार बिहान करिब पौने २ बजे बूढानीलकण्ठ–७, स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ ।
प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर ठोक्किएको हो ।
दुर्घटनामा दुवै साधनमा सवार पाँचजना घाइते भएका थिए ।
उनीहरूलाई उपचारका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिरहाका २९ वर्षीय भोला थापा र परिचय खुल्न बाँकी रहेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीन जना घाइतेको उपचार जारी छ ।
यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















