बसकाे डिजेल चोरी गर्ने थानकोटका एकसहित चार जनामाथि स्थानीयले गरे राम धुलाई
थानकोट ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलमा बस लिएर डिजेल चोरी गर्ने चारजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन्।
घटना आइतबार राति भएको थियो।
पक्राउ परेकाहरूमा सरोज सुनार, अमिर लामा, सुमन तामाङ, पूर्णिमा महर्जन रहेका छन्। पक्राउ परेका मध्ये एकजना थानकोट निवासी भएको बताइएको छ।
उनीहरूबाट बा ४ ख ४२८० नम्बरको बस र करिब ४० लिटर डिजेल बरामद भएको प्रहरीले जनाएको छ।
स्थानीयले चोरी गरिरहेको देखेपछि चोरहरूलाई नियन्त्रणमा लिएका थिए।
नियन्त्रणको क्रममा उनीहरूमाथि केहीले कुटपिट गरेका थिए। उपचारपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
बस र दोषीहरूलाई प्रहरीले प्रभाग व्यासीबाट नियन्त्रणमा लिएको थियो र पछि जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याइएको छ।












