सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा सोमबार (भदौ २) सुनको मूल्य बढेको छ ।
यसदिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ३ सय रुपैयाँ कायम छ ।
आइतबार (भदौ १) छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला दुई हजार ३ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
हिजो आइतबार चाँदी प्रतितोला दुई हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।












