मन्त्रिपरिषद् बैठक बस्दै
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले साँझ ७ बजेका लागि आह्वान गरेका हुन्। बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ।
प्रशासन विशेष स्रोतका अनुसार नियमित कार्यसूचीसँगै केही महत्त्वपूर्ण विषयहरूमा पनि छलफल तथा निर्णय हुने सम्भावना रहेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा केही ठोस निर्णय हुन सक्ने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सरकारको तर्फबाट नीतिगत र कार्यगत दुवै किसिमका एजेन्डामा थप छलफल हुने अपेक्षा गरिएको छ।













