अर्थ र कानुन समितिको बैठक आज बस्दै
थानकोट ।
संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।
अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यसूची छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।













