उपसभामुख अमेरिकामा, स्वदेशमा उनीविरुद्ध हस्ताक्षर अभियान
थानकोट ।
उपसभामुख इन्दिरा राना मगर अहिले अमेरिका भ्रमणमा रहेकी छन् ।
उनी अमेरिका भ्रमणमा रहेका बेला उनीविरुद्ध हस्ताक्षर अभियान जारी छ ।
कांग्रेस र एमालेका नेताहरुले अहिले धमाधम हस्ताक्षर गरिरहेका छन् ।
उपसभामुखको सचिवालयले दिएको जानकारीअनुसार उनी अहिले अमेरिका भ्रमणमा छन् ।
उनी साउन ३० गते अमेरिका गएकी हुन् ।
उनी १३ गते फर्किने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
विदेशमा भएकाे बेलामा यस्ताे प्रस्ताव दर्ता गर्न लागेकाेमा देशकाे प्रतिष्ठामा आँच आउने गुनासाे उनकाे रहेकाे स्राेतले जनाएकाे छ ।
प्रस्ताव दर्ता भएमा उनी छिट्टै फर्कने कि नफर्कने दाेधारमा छन् ।













