फोटोग्राफी दिवसका अवसरमा फोटोग्राफर प्रकाश गोपालीलाई ब्राइट फ्युचर माविमा विशेष सम्मान
थानकोट ।
२१ वर्षदेखी फोटोग्राफी पेशामा क्रियाशील थानकोट निवासी प्रकाश गोपालीलाई विश्व फोटोग्राफी दिवसको छेको पारेर चन्द्रागिरि नगरमा विशेष सम्मान गरिएको छ ।
१८६औं विश्व फोटोग्राफीको अवसरमा चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्युचर माविले मंगलबार गोपालीलाई कदर पत्रसहित सम्मान गरेको हो ।
अफ्रिकी मुलुक माैरिससका विद्यार्थी गुणीय चक्र प्रमुख मधुकर नारायननले ब्राइट फ्युचर माविको हातामा संयोजित एक कार्यक्रमका बीच गोपालीलाई सम्मान गरेका हुन् ।
सो क्रममा ब्राइट फ्युचरमा माविका अध्यक्ष मोहनकुमार कार्की, ब्राइट फ्युचर माविका प्रधानाध्यापक दयाराम थापा, विद्यालयका निर्देशक मोहित कार्की, विद्यालयका विभिन्न विभागका प्रमुख, शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।
थानकोटका फोटोग्राफर प्रकाश गोपालीले खिचेका थिए भाइरल बनेको हृदयेन्द्रको जुम्ला ‘भ्लग’
विभिन्न संघसंस्थासँग सम्बद्ध गोपाली पछिल्लो समय सिनेमेट्रोग्राफरका रूपमा विभिन्न परियोजनामा क्रियाशील छन् । केही साताअघिबाट नेपालमा भाइरल बनेको हृदयेन्द्र शाहको जुम्ला भ्लग पनि गोपालीले नै कैद गरेका थिए । उनी ब्राइट फ्युचर मावि स्थापना ताकाका विद्यार्थी समेत हुन् ।
नेपालका विभिन्न प्रसिद्ध परियोजनाहरूमा आफ्नो सीप क्यामेराको माध्यमबाट देखाउँदै आएका हाम्रा पूर्व विद्यार्थीलाई विश्व फोटोग्राफी दिवसका अवसरमा सम्मान गर्न पाउँदा हामी हर्षित छाैं, ब्राइट फ्युचर माविले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।
१८६औं विश्व फोटोग्राफी नेपालसहित विश्वभर मंगलबार विविध कार्यक्रमका साथ मनाइँदै छ ।












