प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

कर्णाली प्रदेश सरकारले बुधबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

यसअघि २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले गरेको निर्णय अनुसार नै आज प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रूपमा मनाउने तयारी रहेको गौतमले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *