सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति दिने मकवानपुका एक जना युवा पक्राउ
थानकोट ।
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर मनहरि–३ का मंगलसिंह प्रजा रहेका छन् ।
समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने अभिव्यक्ति दिएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत घृणा तथा द्वेष फैलाई चरित्र हत्या गर्ने लगायतको अमर्यादित गतिविधि उपर ब्यूरोले गरेको प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट प्रजालाई पक्राउ गरेको हो ।
प्रजालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं महानगरपालिका-१० शङ्खमुलबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले दुई दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका उपनिर्देशक दीपकराज अवस्थीले जानकारी दिए ।


















