टप इण्ड टी-२० शृङ्खला: नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दै

Thankot Times

थानकोट ।

अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौ खेलमा नेपालले आज बुधबार मेलबर्न रेनेगेड्ससँग खेल्दैछ ।

खेल पार्मस्टनमा नेपाली समयअनुसार सवा ११ बजे शुरु हुनेछ ।

लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ ।

टप इन्ड टी–२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो ।

नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् ।

सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन् ।

प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ