सुनकाे भाउमा गिरावट
थानकोट ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १ हजार ६ सयले घटेर तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजार एक सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर २ हजार २ सय ५५ मा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार चाँदी तोलाको २ हजार ३ सयमा कारोबार भएको थियो ।












