संसद् मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आज नहुने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली आज संसद् बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्य प्रतिकुलताको कारण उनी बैठकमा उपस्थित नहुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा बर्तौलाले  ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका थिए ।

यससँगै प्रधानमन्त्रीसँगको सांसदहरुको प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ ।

यसअघि आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *