यू-१७ साफ महिला च्याम्पियनसिप: नेपालले आज भारतको सामना गर्दै

Thankot Times

थानकोट ।

१७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ ।

खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

प्रतियोगिताका लागि एन्फाले २३ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले पर्सि शुक्रबार भूटानसँग, भदौ ८ गते र भदौ ११ गते बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ ।

डबल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ ।

आजदेखि शुरु हुने प्रतियोगिता आउँदो अगस्ट ३१ तारिखसम्म चल्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ