साफ यु-१७ महिला च्याम्पियनसिप: नेपाल भारतसँग ७-० गोलले पराजित

Thankot Times

थानकोट ।

नेपाल साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा बुधबार भएको एकपक्षीय खेलमा पहिलो हाफमा पाँच गोल गरेको भारतले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

भारतलाई जिताउन अविस्ता बस्नेत, निरा चानु लोङ्जम र अनुष्का कुमारीले दुई दुई गोल गर्नुभयो । अर्को गोल जुलन नोन्गमाइथिमले थप्नुभएको थियो ।

च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेहेको छ । एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले अब अर्को खेल भारतसँग अगस्ट २९ तारिख खेल्नेछ । यस्तै भुटानसँग २२ र ३१ तथा बङ्गलादेशसँग अगस्ट २४ र २७ तारिख प्रतिस्पर्धा गर्नेछ ।

तस्बिर: एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ