प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

Thankot Times

थानकोट ।

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले’औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *