सुन चाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बिहीबार सुन चाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो बुधबार सुन तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ ।

यसदिन चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर तोलाको दुई हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *