चन्द्रागिरि नगरले टाँसेका घर तथा सडकका नाम प्लेटहरू उक्काएर फाल्न थालिएपछि..

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा जीपीएस, जीआइएस प्रविधिमा आधारित घर नम्बर प्लेट तथा सडकका नाम अंंकित प्लेटहरू टाँस गर्ने कार्य तिव्र रुपमा अघि बढाइएको छ ।

वडा नं. १५ तीनथानाबाट सुरु भएको सो कार्य अहिले नगरका अन्य वडाहरूमा अघि बढिरहेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

सोही सन्दर्भमा पछिल्लो समय ती प्लेटहरू हटाउने, काँटी तथा किला ढोक्ने, ढुङ्गाले हान्ने जस्ता कार्य भइरहेको भन्दै चन्द्रागिरि नगरपालिकाले सो कार्य नगर्न सबैमा अनुरोध गरेको छ ।

साथै, नगरले त्यस्ता कार्य भएको देखिएमा सम्बन्धित वडा कार्यालय वा नगर प्रहरीलाई जानकारी गराइदिन सबैमा अनुरोध समेत गरेको छ ।

उसो त नगरपालिकाले टाँस गरेको घर नम्बर प्लेट तथा सडकका नाम अंंकित प्लेटहरुमा प्रशस्तै कमजोरी रहेको भन्दै सामाजिक सञ्जालमा  आलोचनासमेत भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *