टप इन्ड टी-२० सिरिजः समुह चरणको अन्तिम खेल खेल्दै नेपाल
थानकोट ।
टप इन्ड टी–२० सिरिजमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ।
सिरिजअन्तर्गत समूह चरणको अन्तिम तथा छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यो खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे शुरू हुनेछ ।
जारी शृंखलामा नेपालले यसअघि लगातार दुई खेल जितेको छ भने लगातार तीन खेल हारेको छ ।














