यू-१७ साफ महिला च्याम्पियनसिपमा नेपालले आज भूटानको सामना गर्दै

Thankot Times

थानकोट ।

१७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज शुक्रबार भूटानसँग खेल्दैछ ।

खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका पाने ६ बजे शुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालले पर्सि आइतवार र भदौ ११ गते सोमवार बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ ।

डबल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ ।

प्रतियोगिता आउँदो अगस्ट ३१ तारिखसम्म चल्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ