एएफसी महिला च्याम्पियन्स लिगको छनोट खेल्न एपीएफ क्लब उज्वेकिस्तान प्रस्थान

Thankot Times

थानकोट।

एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सहभागी हुन एपीएफ क्लब आज उज्वेकिस्तान प्रस्थान गरेको छ ।

एपीएफका २० खेलाडीसहित २९ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान गरेको हो ।

एपीएफले प्रतियोगिताको लागि मुख्य प्रशिक्षकमा चेतन घिमिरेलाई अनुबन्ध गरेको छ ।

अनिता बस्नेत कप्तान रहेको एपीएफले समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा सोमवार आयोजक नासफसँग, दोश्रो खेलमा बिहिवार एशिया स्कलर्ससँग र तेश्रो तथा अन्तिम खेलमा भदौ १५ गते आइतवार अल नासरसँग खेल्ने छ ।

एपीएफ एन्फा महिला लिगको विजेतासमेत हो । गएको संस्करणमा पनि एपीएफले प्रारम्भिक चरणका खेल खेलेको थियो । यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन् । यी १९ टोलीलाई पाँच वटा समूहमा विभाजन गरिएको छ ।

चार समूहमा चार–चार वटा टोली हुनेछ ।

एक समूहमा भने ३ वटा टोली रहेका छन् । हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले एएफसी महिला क्लबमा पहिल्यै छनोट भइसकेका सात टोलीसहित १२ टोलीले फाइनल चरणमा खेल्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ