भारत भ्रमणमा जाने नेपाली क्रिकेट टोलीको घोषणा, कप्तानमा अनिल साह

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि नेपाल ‘ए’ क्रिकेट टिमको घोषणा गरेको छ।

टिमको नेतृत्व विकेटकिपर ब्याट्सम्यान अनिल साहले गर्ने भएका छन्।

नेपाल ‘ए’ टिमले भारतको असाम प्रान्तीय टिमविरुद्ध गुहाटीमा पाँच टी–२० सिरिज खेल्ने कार्यक्रम तय भएको छ। श्रृंखला आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म सञ्चालन हुनेछ।

घोषित टोलीमा आलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडीहरू समावेश छन्। क्यानका अनुसार यो भ्रमण नेपाली खेलाडीहरूका लागि अनुभव बटुल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी गर्ने अवसर हुनेछ।

नेपाल ‘ए’ टिमलाई यो श्रृंखलाले भविष्यमा राष्ट्रिय टोलीमा प्रवेश गर्ने खेलाडीहरूलाई आफूलाई प्रमाणित गर्ने प्लेटफर्म उपलब्ध गराउने अपेक्षा गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ