चन्द्रागिरिका विभिन्न स्थानमा बिहानैदेखि विद्युत सेेवा अवरुद्घ

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रका विभिन्न क्षेत्रमा आइतबार बिहानैदेखि विद्युत सेवा अवरुद्घ छ।

नगरका थानकोट, चेकपोस्ट, इटाखेल, केबलकार लगायतका स्थानमा बिहान करिब ७ बजेबाट बिजुली सेवा अवरुद्ध भएको हाे ।

नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार आइतबार बिहान यस क्षेत्रकाे वितरण लाइनमा फल्ट देखिएको छ।

कुन ठाउँमा फल्ट देखिएको भन्ने बारे अझै यकिन हुन नसकिएको र प्राविधिक टाेली फिल्डमा परिचालन भइसकेको प्राधिकरणकाे भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *