५७औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिप: नेपालकी उर्मिला श्रेष्ठलाई कांस्य पदक
थानकोट ।
थाइल्यान्डको बैंककमा आयोजना भएको ५७औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेरसमूहमा नेपालकी उर्मिला श्रेष्ठले कांस्य पदक जितेकी छन् ।
आठ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत पदक जितेका थिए ।
उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने चौथो भएको अफिसियल दिनेश राजभण्डारीले जानकारी दिए ।


तस्बिरः नेपाल बडी बिल्डिङ्ग एण्ड फिटनेश













