तीज नजिकिँदै गर्दा नेपाली बजारमा सुन चाँदीको भाउ बढ्यो
थानकोट।
कारोबार हुने यस साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।
यसदिन सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो कारोबार दिन गत शुक्रबार सुनको भाउ तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
आज आइतबार चाँदीको मूल्य पनि बढेको छ ।
यसदिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर आज २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार चाँदी प्रतितोला २ हजार ३ सयमा १० रुपैयाँमा कारोबार भएको थियो ।












