माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, ८ हजार २८९ जनाको आवेदन रद्द
थानकोट ।
सर्वसाधारणका लागि यसअघि खुलेको माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले एक औपचारिक कार्यक्रम गरी हिजो (आइतबार) आईपीओ बाँडफाँट गरेको हो ।
साउन २६ देखि २९ गतेसम्म आईपीओमा आवेदन खुलेको थियो ।
कुल २२ लाख ५ हजार ८७१ जनाले आईपीओमा आवेदन दिएका थिए । जसमध्ये ८ हजार २८९ जनाको आवेदन विविध कारणले रद्द भएको थियो ।
स्वीकृत २१ लाख ९७ हजार ५८२ आवेदनमध्ये ५.६८ प्रतिशतले सेयर पाएका छन् ।
बाँकी ९४.३२ प्रतिशतको हात रित्तो भएको छ । १ लाख २४ हजार ८९० जनाले आईपीको पाएका छन् ।
यीमध्ये १ लाख २४ हजार ८८६ जनाले १० कित्ताका दरले पाएका छन् भने ४ जनाले ११ कित्ताका दरले पाएका छन् ।
आईपीओको नतिजा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।












