बिहानै प्रचण्ड पुगे नेकपाका महासचिव विप्लवको घर

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेट्न उनको निवासमा पुगेका छन् ।

चन्दको सचिवालय अनुसार प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित निवासमा पुगेका हुन् ।

महासचिव चन्दले प्रचण्डलाई फूल दिएर घरमा स्वागत गरेका थिए ।

दुई नेताबीच पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ ।

माओवादीको स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।

तर, एकताका लागि कार्यदल गठन हुन सकेको छैन्।

नेकपाले भने भदौ २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्ने तयारी गरेको छ ।

त्यस्तै, आजको भेटमा पछिल्लो राजनीतिक गतिरोधबारे पनि छलफल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *