एएफसी महिला च्याम्पियन्स लिग: प्रारम्भिक चरणमा नेपाल एपीएफले नासफको सामना गर्दै

Thankot Times

थानकोट ।

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लबले आज उज्वेकिस्तानको नासफविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

प्रतियोगितामा एपीएफ समूह ‘बी’मा छ । यस समूहमा एपीएफ र नासफसँगै साउदी अरेबियाको अल नासर र थाइल्यान्डको कलेज अफ एसियन स्कलर्सको टिम छन् ।

यसअघि, गत वर्ष पनि एपीएफले प्रतियोगिताको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेको थियो ।

गत वर्ष पनि उज्वेकिस्तानको नासफ र एपीएफले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका थिए । त्यस खेलमा नासफले १–० को जित निकालेको थियो ।

उज्वेकिस्तानको मार्काजिय रंगशालामा हुने खेल नेपाली समयानुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।

आजको खेलपछि एपीएफले अगस्ट २८ मा कलेफ अफ एसियन स्कलर्स र अगस्ट ३१ मा अल नासरविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ