चन्द्रागिरिका विभिन्न स्थानमा मंगलबार बिहान २ बजेबाट वर्ल्डलिंकको इन्टरनेट अवरुद्ध हुने
थानकोट ।
चन्द्रागिरि नगरका विभिन्न स्थानमा भोलि मंगलबार (भदाै १०) बिहान २ बजेबाट वर्ल्डलिंकको इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ ।
कम्पनीले सोमबार साँझ एक सूचनामार्फत चन्द्रागिरिका केही स्थानमा सिस्टम मर्मत गर्नुपर्ने भएकोले मंगलबार बिहान २ बजेबाट ३ बजेसम्म इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने जनाएको हो ।












