२०७९ साल यता अन्तरार्ष्ट्रिय पदक जितेका खेलाडीलाई सम्मान गर्दै चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाले नगरमा विभिन्न विधा र क्षेत्रमा ख्याति एवं प्रसिद्धी कमाएका व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ ।

नगरको साउन ३० गतेको बैठकले गरेको निर्णय अनुसार चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा स्थायी रूपमा बसोबास गर्ने खेलाडीहरूले कुनै पदक जितको भएमा नाम टिपाउन अनुरोध गरेको छ ।

मिति २०७९ बैशाख १ यता २०८२ भदाै २० सम्म अन्तराष्ट्रिय स्तरका खेल उत्सवमा पदक जितेका खेलाडीहरूका लागि चन्द्रागिरि नगरले सम्मान गर्न लागेको एक सूचनामार्फत जानकारी दिएको हो । 

सम्मान प्राप्तिका लागि सम्बन्धित खेलाडीले आयोजकबाट प्रतियोगितामा सहभागी हुन आह्वान गरिएको सूचना वा पत्रको छायाँप्रति, राखेप वा नेपाल ओलम्पिक कमिटि वा अन्तरार्ष्ट्रिय विद्यालय खेलकुद परिषद् ले प्रतियोगितामा सहभागी हुन गरेको सिफारिस पत्र, खेलाडीले प्राप्त गरेको पदकको तस्बिर तथा प्रमाणपत्र समेत संलगन गर्नुपर्ने बताइएको छ ।

चन्द्रागिरि नगरमा असोज २ गते बिहीबार राष्ट्रिय शिक्षा दिवस मनाइँदैछ ।

सूचना हेराैंः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *