अष्ट्रेलियन क्रिकेट टेरीटरीविरुद्ध नेपाल ४१ रनले विजयी
थानकोट ।
पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि ४१ रनको जीत निकालेको छ ।
मंगलबार बिहान लेगस्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि १७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १३६ रनमा समेटियो ।
पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि ४१ रनको जीत निकालेको छ । मंगलबार बिहान लेगस्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि १७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १३६ रनमा समेटियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ३८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
नेपालले आजै दोस्रो टी-२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ ।













