सांसद न्यौपानेलाई राज्यव्यवस्था समिति सभापतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

कांग्रेस पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको थियो।

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानको विवादमा मुछिएपछि रामहरि खतिवडाले राजीनामा दिँदा उक्त पद रिक्त छ। न्यौपानेले राज्यव्यवस्था समिति सभापति पदका लागि आजै मनोनयन दर्ता गर्ने कार्यक्रम छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *