नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
थानकोट ।
सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक स्थगन गरिएको छ ।
यही भदौ १३ गते शुक्रबारका बस्ने गरि बोलाइएको बैठक नबस्ने भएको हो ।
विधान महाधिवेशनबारेको सुझाव प्राप्त हुने क्रम जारी रहेको र त्यसलाई एकीकृत गर्न समय लाग्ने भएकाले बैठक स्थगन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
अर्को बैठकको मिति तय गरिएको छैन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा गएर फर्किएपछि मात्र बैठक बस्ने उनले बताए ।
यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशन आयोजना गरिँदै छ ।













