चन्द्रागिरि नगरपालिका वडा नंं ०३ थानकोटबाट पनि राष्ट्रिय परिचयपत्र वितरण हुँदै

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण कार्य जारी छ ।

गत फागुन महिनाबाट चन्द्रागिरि नगरपालिकामा सुरु भएको परिचयपत्र वितरणको कार्य चन्द्रागिरि नगरपालिकाले वडा नं. ३ थानकोटमा भदाै १५ गते आइतबारबाट सुरु हुने बताइएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका र परिचयपत्र बनिसकेको सन्देश मोबाइलमा प्राप्त गरेका नगरबासीहरूले सम्बन्धित वडा कार्यालयबाट सो परिचय पत्र प्राप्त गर्न सक्ने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

जसअनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटबाट सो दिनदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु हुन लागेको हो ।

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका र परिचयपत्र बनिसकेको सन्देश मोबाइलमा प्राप्त गरेका वडाबासीहरूले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्ने वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए ।

सूचना हेेराैैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *