तेस्रो जेनिथ कप यु-११ छात्र फुटसलको उपाधि बेसिक लर्निङ स्कुललाई
थानकोट।
काठमाडाैं भुजुङ्खेलस्थित न्यू जेनिथ स्कुलद्वारा आयोजित तेस्रो जेनिथ कप यु-११ छात्र फुटसलको उपाधि चन्द्रागिरि नगरपालिका बोसिगाउँस्थित बेसिक लर्निङ स्कुलले जितेको छ ।
फाइनल खेलमा चेल्सी स्कुलको चुनाैती सडेन डेथमा ५-४ ले पन्छाउँदै बेसिक लर्निङले उपाधि जितेको हो ।
मंगलबार सम्पन्न प्रतियोगिताको फाइनल खेलको निर्धारित समय बिना कुनै गोल सकिएपछि खेल सडेन डेथमा धकेलिएको थियो जहाँ बेसिकले बाजी मार्यो ।
यस विधाको प्रतिस्पर्धामा विभिन्न १६ वटा विद्यालयका टिम सहभागी भएका थिए ।












