न्यु जेनिथ कपः यु-१६ फुटसलमा रिब्स च्याम्पियन, बास्केटबलतर्फ फाइनलमा रिब्स २४-२२ ले स्तब्ध

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०५ को रिब्स मावि तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय छात्र यु-१६ फुटसल प्रतियोगिताको विजेता बनेको छ । 

मंगलबार सम्पन्न यु–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजमाथि १–० को कठिन जित दर्ता गर्यो ।

यो विधामा रिब्सका ब्लेस गुरुङ (६ गोल) सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । रिब्सकै आयुश केसी उत्कृष्ट गोलरक्षक ठहरिए । रिब्सकै श्रमन गुरुङ फाइनल खेलको प्लेयर अफ दि म्याच चुनिए । 

गर्ल्स बास्केटबलको उपाधि भिडन्तमा हिसी ल्हामु लामाको ८ अंक सहयोगमा स्वर्णिमले रिब्सलाई २४–२२ को झीनो अन्तरले हरायो ।

यस विधामा रिब्सकी सिस्का थापा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बनिन् ।

 फुटसलको यु–११ मा मनास्लु, यु–१३ मा जेसिस र यु–१६ मा समृद्धिले अनुशासित टिमको ट्रफी हात पारे ।

विजेतालाई अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापा, काठमाडौं महानगरपालिका वडा १८ का अध्यक्ष नुच्छुकाजी महर्जन, न्यु जेनिथका संस्थापक प्रिन्सिपल राजु महर्जन, न्यु जेनिथका एडमिन हेड पुष्पलाल श्रेष्ठ, प्रतियोगिता संयोजक रोशन थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

आठदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा २४ र गर्ल्समा १२ टिम सहभागी थिए।

फुटसलको यु–११ मा १३, यु–१३ मा १५ र यु–१६ मा १६ टिमले प्रतिस्पर्धा गरेका थिए।

तेस्रो जेनिथ कप यु-११ छात्र फुटसलको उपाधि बेसिक लर्निङ स्कुललाई


Leave a Reply

Your email address will not be published. Required fields are marked *