साफ यु-१७ महिला च्याम्पियनसिप: आज नेपालले बंगलादेशको सामना गर्दै
थानकोट ।
भुटानमा जारी साफ यु-१७ महिला च्याम्पियनसिप नेपालले चौथो खेलमा आज बुधबार बंगलादेशसँग खेल्दै छ।
खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।
यस अघि भएको खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले पराजित भएको थियो । नेपालको तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ ।

समान खेलमा छ अंंकसहित बंगलादेश दोस्रो स्थानमा छ । भारत नौ अंकसहित शीर्ष स्थानमा छ ।
यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भुटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो ।
यो प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश सहभागी छन् ।
नेपालले पर्सि शुक्रबार भारतसँग र आउँदो आइतबार भुटानसँग खेल्ने छ ।
फोटोः एन्फा













