सुनको मूल्य तोलाको एक लाख ९९ हजार पुग्यो
थानकोट ।
आज भदाै ११ गते बुधबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोलामा ३ सय रुपैयाँ बढेको छ ।
यसदिन सुनको मूल्य तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
यसदिन चाँदी प्रतितोला दुई हजार ३ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला दुई हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।












