काठमाडौं जिल्ला अदालतलाई तीन भागमा टुक्य्राउने तयारी, चन्द्रागिरि ‘ख’ मुकाम अदालतले हेर्ने

Thankot Times

थानकोट ।

काठमाडौं जिल्ला अदालतलाई तीन भागमा विभाजित गर्ने तयारी भएको छ ।

थेग्नै नसकिने मुद्दाको बोझ र सेवाग्राहीको अत्यधिक भिडले अस्तव्यस्त बनेको काठमाडौं जिल्ला अदालतलाई तीन भागमा विभाजित गर्ने तयारी भएको हो ।

सर्वोच्च अदालतले गठन गरेको अध्ययन समितिले बबरमहलस्थित अहिलेको जिल्ला अदालतलाई यथावत् राखी त्यसको कार्यबोझ घट्ने गरी अरू दुईवटा अदालत स्थापना गर्नुपर्ने प्रस्ताव गरेको हो ।

अध्ययन समितिले काठमाडौं जिल्ला अदालतलाई तीन भागमा विभाजित गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार अहिलेको मुल काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकाका १९ वटा वडा हेर्नेछ ।

अध्ययन समितिले तयार पारेको खाकाअनुसार, काठमाडौं महानगरपालिकाका १, २, ५, ९, १०, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको क्षेत्राधिकार हुने मुद्दा मुल भवनमा रहने काठमाडौं जिल्ला अदालतले हेर्नेछ । समितिले ‘ती वडाको आधारमा क्षेत्राधिकार तयार गर्नुपर्ने’ भनी सुझाव दिएको हो ।

अब गठन हुने काठमाडौं जिल्ला अदालतको मुकाम ‘क’ले काठमाडौं महानगरपालिकाका ३, ४, ६, ७ र ८ गरी पाँचवटा वडा हेर्नेछ । त्यसबाहेक टोखा, बुढानीलकण्ठ, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर नगरपालिकाका मुद्दाहरू पनि ‘क’ मुकाम अदालतले हेर्नुपर्ने प्रस्ताव छ । समितिको प्रतिवेदनमा भनिएको छ, ‘अदालत स्थापनाका लागि मुल भवन नजिकै पर्नेगरी भौतिक संरचना र कर्मचारी व्यवस्थापन गर्ने ।’

मुकाम ‘ख’मा काठमाडौं महानगरपालिकाका १३, १४, १५, १६ र २६ गरी पाँचवटा वडा पर्नेछन् । त्यसबाहेक तारकेश्वर, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिका पनि ‘ख’ मुकाम अदालतमा पर्नेछ ।

अनलाइन खबरबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *