सानेपास्थित नेपाली कांग्रेसको मुख्यालयलाई माड्साबहरूले घेरेपछि…

Thankot Times

थानकोट ।

नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ ।

बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

उनका अनुसार, पहिलो चरणको कार्यक्रमअन्तर्गत पार्टी कार्यालयमा धर्ना दिइएको हो ।

बिहीबार नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासल र शुक्रबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम छ ।

विद्यालय शिक्षा विधेयकमा आफूहरूका सबै मागहरू समेट्नुपर्ने महासंघको माग छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *