नेकपा एमालेका केन्द्रीय सदस्यविरुद्ध पक्राउ पुर्जी जारी
थानकोट ।
नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बझाङ निवासी रश्मिला धामीले गाली बेइज्जती तथा चरित्रहत्या सम्बन्धी मुद्दामा दिएको जाहेरीका आधारमा महरविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।
काठमाडौं जिल्ला अदालतले सो पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो ।
धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन् ।













