प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समिति सभापति ईश्वरीदेवी न्यौपानेद्वारा शपथ ग्रहण
थानकोट ।
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदकाे शपथ लिएकी छन् ।
सभामुख देवराज घिमिरेले सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई पद तथा गाेपनीयताकाे शपथ गराएका हुन् ।
यसअघि आजै समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको अध्यक्षतामा बसेको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकले न्यौपाने सभापतिमा निर्विरोध चयन भएको घोषणा गरेको थियो ।
समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको हो ।












