यसकारण भदाै १३ गतेसम्म चन्द्रागिरि केबलकार बिहान १०ः३० बजेबाट मात्रै खुला हुनेछ
थानकोट ।
नियमित मर्मतका लागि चन्द्रागिरि केबलकार सञ्चालनको तालिकामा हेरफेर भएको छ ।
आज बुधबारबाट चन्द्रागिरि केबलकार बिहान १०ः३० बजेबाट सर्वसाधारणका लागि खुला गरिएको हो ।
सो क्रम भदाै १३ गते शुक्रबारसम्म जारी रहने चन्द्रागिरि हिल्सले जनाएको छ ।
यसअघि बिहान ८ बजेबाट नै केबलकार सेवा खुला रहँदै आएको थियो ।













