यातायात व्यवसायी महासंघ काठमाडौं जिल्ला समिति कोषाध्यक्षमा थानकोटका राजन श्रेष्ठ चयन
थानकोट ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ काठमाडौं जिल्ला समितिको महाधिवेशन बुधबार अबेर सम्पन्न भएको छ।
महाधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ नेतृत्व चयन गरेको छ।
निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा हरिश चन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन्। श्रेष्ठ थानकोट निवासी हुन् । उनी नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका कोषाध्यक्ष समेत हुन् ।

साथै, सदस्यहरूमा नबिना खड्का, रामकुमार केसी, टीका कार्की, जय दाहाल, रुपेश श्रेष्ठ, कृष्ण प्रसाद घिमिरे, चित्र भट्ट, खिलबहादुर श्रेष्ठ, दुर्गा सारु मगर र उद्धव खड्का निर्वाचित भएका छन्।
लगभग २०० वटा यातायात संघसंस्था रहेको केन्द्रीय राजधानी रहेको काठमाडौं जिल्लामा करिब ५०० प्रतिनिधि रहेका थिए भने अत्याधिक प्रतिनिधि माओवादी केन्द्र निकटका थिए।
जिल्ला समिति अध्यक्षलगायत अधिकांश सदस्यहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट छन् ।
यातायात क्षेत्रमा लामो समयदेखि सक्रिय माओवादी पक्षधर व्यवसायीहरूको प्रभाव महाधिवेशनमा प्रस्ट रूपमा झल्किएको छ।












