सुनको मूल्य उकालो लाग्ने क्रम जारी
थानकोट ।
नेपाली बजारमा आज बिहीबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।
यसदिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँ कायम छ ।
यो मूल्य नेपाली बजारमा सुनको मूल्यको कीर्तिमान बराबर हो ।
गत साउन २३ गते पनि छापावाल सुन प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
जुन मूल्य हालसम्मको उच्च हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेको छ ।
यसदिन चाँदी प्रतितोला दुई हजार ३ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
हिजो बुधबार चाँदी प्रतितोला दुई हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।












