बागमती प्रदेश सभाको बैठक भदौ १५ मा बस्ने

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभा बैठक १५ भदौमा बस्ने भएको छ ।

प्रदेश सभा सचिवालय हेटौँडाले सूचना जारी गर्दै भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाएको छ ।

प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले शुक्रबार जारी गरेको सूचनामा बैठकको समय निर्धारण भएको उल्लेख गरिएको छ ।

प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत बाह्रौं बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ ।

उक्त बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन अवस्था रहेको २ विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।

बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने सभामुख पाठकले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *